+
+

फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघले लेख्यो बोर्डलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १६:२७
फाइल तस्वीर

काठमाडौं । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र संघबाट प्रेषित पत्र प्राप्त भएको बताए । ‘उहाँहरुले अर्काको धनसम्पतिको विवरण सार्वजनिक गर्न मिल्दैन भनेर पत्र लेख्नुभएको छ,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने, ‘हामी बैठक बसेर उहाँहरुको पत्रको उपयुक्त जवाफ दिनेछौं । यसबारे कानुनी प्रावधान के छ त्यो पनि बुझ्छौं ।’

चलचित्र संघका कानुनी सल्लाहकार जयलाल भण्डारीले केही दिनअघि उक्त पत्र बोर्डलाई पठाइएको पुष्टि गरे । ‘अर्काको फिल्मको कमाइ सार्वजनिक गर्नु बोर्डको कार्यक्षेत्र होइन । त्यसो गर्न मिल्दा पनि मिल्दैन,’ भण्डारीले भने, ‘यसबारे पत्र पठाइएको छ ।’ साथै चलचित्र संघले बोर्डको जवाफ हेरेर कानुनी उपचारमा जाने कि नजाने भन्ने निर्क्योल हुने पनि संघका एक सदस्यले बताए ।

चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेको छ । मन्त्रालयसँग समन्वय गरेर कमाइ सार्वजनिक गरिरहेको बोर्डको भनाइ छ । बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो ।

व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । तर चलचित्र विकास बोर्ड चाहिं फिल्म क्षेत्र नाफाघाटाको व्यापार मात्र नभएर सांस्कृतिक तथा सिर्जनशील उद्योग पनि भएकाले कमाइ सार्वजनिक गर्न मिल्ने बताउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?