१८ साउन, काठमाडौं । कप्तान लिओनेल मेस्सीको दुई गोलको सहयोगमा इन्टर मियामी ओर्लान्डो सिटीलाई ३–२ ले हराउँदै लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
मियामीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल र जोसे मार्टिनेजले १ गोल गरे ।
ओर्लान्डोका लागि सेजार अराउजोले बराबरी गोल फर्काएका थिए । अब मियामीले प्रिक्वाटर फाइनलमा एफसी डालासको सामना गर्नेछ ।
प्रतिक्रिया 4