+
+

‘रावायण’मा नीति शाह अनुबन्धित, अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १३:०७
'रावायण'की निर्मात्री सुप्रिया कट्‍वालसँग अभिनेत्री नीति शाह

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सन र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मको शीर्ष भूमिकामा यसअघि अनमोल केसी अनुबन्धित भइसकेका छन् ।

निर्मात्री सुप्रिया कट्‍वालले नीतिलाई फिल्ममा औपचारिक अनुबन्ध गरिएको जानकारी दिएकी छन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौदेखि गर्ने तयारी छ ।

नीतिले यसअघि अन्य फिल्ममा साइन गरे पनि उनले ती फिल्मबाट हात झिकेकी थिइन् । उनले जुन फिल्ममा काम गरेपनि त्यो उनका लागि डेब्यु फिल्म हुनेछ । नीतिलाई साइन गराएको जानकारी दिंदै निर्मात्री कट्वालले अन्य अभिनेत्रीसँग निर्माताले कुरा पनि नचलाएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?