
१८ साउन, काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए ।
उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।
उनीहरुले सहकारीमा आफूहरुले राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4