
१८ साउन, प्युठान । भालुबाङ-प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।
अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुस्किल छ । भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।
तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो ।
बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार वासुदेव गिरीले बताए । बुधबार राति ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय देविस्थानका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीका अनुसार ३/४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4