+
+

डेंगु संक्रमितको सहयोगमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:१०

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारीबाट पीडितको सहयोगमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न स्थानीय नेता तथा पार्टी सदस्यलाई आह्वान गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर महामारी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डेंगु रोग मुख्यतः कोशी प्रदेशमा फैलिएको छ ।

धरानमा रोगको संक्रमण बढेको छ । विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न कांग्रेसले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?