+

दुई पटकको विजेता जर्मनी महिला विश्वकपबाट बाहिरियो

२०८० साउन  १८ गते १८:५० २०८० साउन १८ गते १८:५०
दुई पटकको विजेता जर्मनी महिला विश्वकपबाट बाहिरियो

१८ साउन, काठमाडौं । दुई पटकको विजेता जर्मनी महिला विश्वकप फुटबलमा समूह चरणबाटै घर फर्केको छ ।

आफ्नो समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग १–१ को बराबरीमा रोकिएसँगै जर्मनी विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो ।

जर्मनीलाई बराबरीमा रोकेको कोरिया समूहको पुछारमा रहँदै घर फर्केको छ ।

खेलको छैटौं मिनेटमा चो सु ह्युनले दक्षिण कोरियलाई अग्रता दिलाएको भए पनि जर्मनीकी कप्तान एलेक्जेन्ड्रा पोप्पले ४२ औं मिनेटमा गोल फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा जर्मनी र कोरिया दुवै बाहिरिए ।

यो समूहबाट मोरक्को र कोलम्बिया नक आउट चरणमा पुगेका छन् । मोरक्कोले नक आउट चरणमा पुग्ने क्रममा कोलम्बियालाई १–० ले हरायो ।

यो नतिजा पछि दुवै टिमको समान ६ अंक भए पनि कोलम्बिया समूह विजेता भयो भने मोरक्को उपविजेता भयो । जर्मनीले दक्षिण कोरियालाई हराउन नसकेको फाइदा मोरक्कोलाई भयो ।

समूह चरणको पहिलो खेलमा जर्मनीसँग ६–० को हार व्यहोरेको भए पनि मोरक्को पहिलो सहभागितामा नै विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय