+
+

कैलालीमा छुुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १९:०५

१८ साउन, धनगढी । कैलालीमा भएका छुुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका र टिकापुर नगरपालिकामा भएका घटनामा किशोरी र बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुरे गाउँपालिका–४ बालुवागाडा बस्ने रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी शर्मिलाको बालुवागाडा खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी शर्मिलाको शव ५०० मिटर तल खोलाको छेउमा बिहीबार बिहान भेटिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

यस्तै, टिकापुर नगरपालिका– १ को भित्री कच्ची सडक खण्डमा साइकलबाट लडेर बृद्धको मृत्यु भएको छ । जानकी गाउँपालिका–३ को नयाँ लायकपुर शिविर वस्ने ६६ वर्षीय बुद्धिराम थारुको साइकलबाट लडेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

उनी बनगाउँ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिविर जाँदै गरेका बेला बिहीबार साइकलबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?