
१८ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा हिरासत मुक्त भएकी छिन् ।
परिवारका आफन्तको जमानीमा सुब्बालाई बिहीबार साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
२ साउनमा विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन विभागले बरामद गरेको थियो ।
सुन आयात गर्ने कम्पनीका प्रतिनिधिले भन्सारबाट सामान छुटाउन ३ जना सरकारी अनुमति प्राप्त भन्सार एजेन्टको साहायता लिएका थिए । तिनै मध्येका एक सुब्बा पनि थिइन् ।
रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गर्दै आइरहेका थिए ।
‘ससुरा र परिवारका अन्य सदस्यको रोहबरमा हाजिरी जमानीमा उनी हिरासत मुक्त भएकी छिन्,’ विभाग स्रोतले भन्यो, ‘विभागले बोलाएको बेला उनी हाजिर हुनुपर्छ ।’
प्रतिक्रिया 4