+
+

ब्ल्याकपिंककी जिसुको प्रेम सम्बन्धको खबरले सामाजिक सञ्जालमा आँधी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १३:१७

काठमाडौं । ब्ल्याकपिंककी गायिका जिसु आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गर्ने हाइप्रोफाइल के–पप स्टारमध्ये एक बनेकी छन् । स्टारको निजी जीवनका पक्षमा चियोचर्चो गर्ने चञ्चल प्रशंसक र दबाब दिने रेकर्ड कम्पनीको स्वभावको बीचमा जिसुको रिलेसनसिपको खबरले के-पप उद्योग स्तब्ध बनेको छ ।

२८ वर्षीया गायिका जिसु र ३५ वर्षीया अभिनेता आन बो-ह्युन प्रेम सम्बन्धमा रहेको खबर सार्वजनिक भएपछि इन्टरनेटमा आँधी नै आएको छ । यी दुई स्टारहरु यतिबेला विश्व मिडियाको हेडलाइन बनेका छन् ।

कोरियाली मिडियाले दुई स्टारबीच राम्रो भावनात्मक सम्बन्ध रहेको र एकअर्कालाई चिनिरहेको उल्लेख गरेका छन् । यी दुई स्टारसँग सम्बन्धित एजेन्सीले बिहीबार रिलेसनसिपलाई स्वीकार गर्दै प्रशंसकलाई उनीहरुको समर्थन र समझदारीका लागि आग्रह गरेका छन् ।

अभिनेता आनले इटावोन क्लास र युमिज सेल्सजस्ता चर्चित दक्षिण कोरियाली सिरियलमा अभिनय गरेका छन् । हालैका वर्षहरूमा एक्जो र ट्वाइसजस्ता हाइ–प्रोफाइल समूहका सदस्यले रिलेसनसिपबारे सार्वजनिक गरेका थिए । तर के–पप उद्योगमा शीर्ष स्टारले आफ्नो निजी जीवनको बारेमा विरलै धेरै कुरा प्रकट गर्ने भएकाले यो घोषणा असामान्य हुने गरेको छ ।

एक दशक पहिले, एजेन्सीले नयाँ स्टारलाई डेटिङ गर्न वा व्यक्तिगत मोबाइल फोन राख्न प्रतिबन्ध लगाउने अभ्यास सामान्य थियो । रोमान्टिक सम्बन्ध वा साझेदारको कुनै पनि प्रवेश प्रशंसकको लागि अपमानजनक थियो ।

सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका समाजशास्त्री प्याट्रिक विलियम्सका अनुसार निजी सम्बन्धमा रहेका सेलिब्रिटी व्यवसायका लागि नराम्रो हुन सक्छन् । ‘उनीहरुले कम्तीमा काल्पनिक रुपमै सही रोमान्टिक जस्तो देखिने स्टारको लोकप्रियता बिक्री गर्न चाहन्छन् । प्रशंसकले सेलिब्रिटीसँगको सामाजिक सम्बन्धलाई कुनै न कुनै रूपमा आफूमा कल्पना गर्न चाहन्छन्,’ डा. विलियम्सले उल्लेख गरे ।

तर चार सदस्यीय ब्याण्ड ब्ल्यापिंकका लागि गायिका जिसु औसत के-पप स्टार होइनन् ।

ब्ल्याकपिंक विश्वको सबैभन्दा लोकप्रिय ब्याण्डमध्ये एक हो जसले प्रतिष्ठित कोचेलाजस्ता प्रमुख संगीत उत्सवमा प्रस्तुति दिएको छ । आफ्ना कन्सर्टमा हजारौंलाई आकर्षित गर्छ । ब्याण्डका सदस्यको निजी इन्स्टाग्राम एकाउन्टमा ७३ मिलियनदेखि ९३ मिलियनले पछ्याएका छन् ।

जे होस्, जिसु रोमान्टिक सम्बन्धलाई स्वीकार्ने पहिलो ब्ल्याकपिंककी ब्याण्ड मेम्बर हुन् । यो ब्याण्डको एजेन्सी वाईजी इन्टरटेनमेन्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । ब्याण्डका फ्यानले भने यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । जिसुको इन्स्टाग्राम खातामा ‘बधाई बेबी’ लेखिएको टिप्पणीलाई तीन हजार भन्दा बढी पटक मन पराइएको छ ।

बिलबोर्डका लागि एसियाली संवाददाता रोब श्वाट्र्ज भन्छन्, ‘तथ्य यो हो कि उनी आफ्नो करिअरको शिखरमा छिन् । मलाई लाग्छ कि यसले उनलाई असामान्य बनाउँछ ।’ तुलनात्मक रूपमा अर्को के-पप ब्याय ब्याण्ड बीटीएसका कुनै पनि सदस्यले अहिलेसम्म डेटिङको कुरालाई स्वीकारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?