+
+

संवैधानिक परिषद्को प्रोटोकलमा जे पायो त्यही

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १७:१६

१९ साउन, काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न १६ साउनमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संवैधानिक परिषदको बैठक बस्यो ।

सार्वजनिक भएको फोटो अनुसार, परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रमुख आसनमा थिए । बैठककक्षको सोफामा एकातिर सभामुख देवराज घिमिरे, उनीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र त्यससँग जोडिएको पछाडिको अर्को सोफामा प्रधानन्यायाधीश हरिकृष्ण कार्की थिए ।

अर्कोतर्फ प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनीलगत्तै उपसभामुख इन्दिरा रानामगर थिइन् । बैठकमा प्रधानन्यायाधीश कार्कीलाई उपसभामुखभन्दा पनि पछाडिको पंक्तिमा राखिएको थियो ।

त्यसको दुई दिनपछि १८ साउनमा बसेको बैठकमा भने आसनहरु हेरफेर भयो । प्रधानमन्त्री दाहाल प्रमुख आसनमा थिए । बुधबार सभामुख घिमिरे बसेको ठाँउमा प्रधानन्यायाधीश कार्की थिए भने उनीसँगैको आसनमा सभामुख घिमिरे बसेका थिए । ठिक विपरित अर्कोपट्टि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र उनीसँगै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना थिए । त्यसपछिको पङतीमा उपसभामुख रानामगर थिइन् ।

संविधानको धारा २८४ मा ‘संवैधानिक परिषद सम्बन्धी व्यवस्था’ छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा पाँच जना सदस्य हुनेछन् । संवैधानिक व्यवस्था हेर्ने हो भने प्रधानमन्त्रीपछिको बरियताक्रममा प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र  उपसभामुखलाई राखिएको छ ।

संविधानमै भएको व्यवस्था अनुसार, बुधबारको बैठकमा सभामुखको साटो प्रधानन्यायाधीशलाई सबैभन्दा अगाडी र त्यसपछि सभामुखलाई राख्नुपथ्र्यो । अनि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई प्रमुख विपक्षी दलको नेताभन्दा अगाडी व्यवस्थापन गर्नुपर्ने थियो । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई अगाडी राखेर उनीहरु राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई व्यवस्थापन गरियो ।

शुक्रबारको बैठकमा केही फेरबदल गरिएपनि प्रोटोकलको पालना भएन । प्रधानन्यायाधीश कार्कीलाई पहिलो पङ्तीमा राखेर उनको मर्यादाक्रम व्यवस्थापन गरियो तर राष्ट्रिय सभाका अध्यक्षलाई प्रमुख विपक्षी दलको नेतापछाडी व्यवस्थापन गरियो ।

पूर्व परराष्ट्र सचिव मदन भट्टराई मुलुकको आन्तरिक र अन्तराष्ट्रिय सम्बन्ध र सार्वजनिक व्यवहारमा मर्यादा र प्रोटोकलको महत्व हुने बताउछन् । सार्वजनिक समारोह शिष्ट बनाउन, त्यसलाई एकरुपता कायम गर्न मर्यादाक्रमको पालना हुनुपर्छ । अन्तराष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्रोटोकलको महत्व उच्च हुन्छ’ पूर्वसचिव भट्टराई भन्छन्, ‘नेपालमा प्रोटोकल र मर्यादाक्रमलाई आफूखुसी व्याख्या र व्यवहार गर्ने प्रचलन छ । त्यसैले यसको कडाईका साथ पालना गर्न र एकरुपता कायम गर्न आवश्यक ठानिदैन ।’

केही वर्षअघि परराष्ट्र सेवामा आचारसंहिताको विषय उठेपछि त्यो कर्मचारीवृत्तमा मात्रै कार्यान्वयन भएको भन्दै उनले राजनीतिज्ञहरुले त्यसको पालनामा चासो र सरोकार नदिएको बताउछन् । उनी भन्छन्, ‘मलाई नियम लागू हुदैन, किन पो पालना गर्नुपर्छ र भन्ने प्रवृत्तिले आफूखुसी भइरहेको हुन्छ । यो राम्रो प्रवृति होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?