
१९ साउन, काठमाडौं । राजस्व अनुसनधान विभागले १३ साउनमा काठमाडौंको टोखामा सुन तस्करले सञ्चालन गरेको फ्याक्ट्री सिल गर्यो । तस्कर समूहका नाइके दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा विभागले टोखा फ्याक्ट्रीमा छापामारी गरी सिल गरेको थियो । विभागले शुक्रबार उक्त गोदाममा रहेका सामानहरुको विवरण संकलन सुरु गरेको छ ।
सुन भित्र्याउनका लागि खोलिएको फर्जी कम्पनी रेडी ट्रेडर्स र अन्य विभिन्न कम्पनीबाट आयात भएका सयौं थान विद्युतीय सामग्री गोदाममा फेला परेको थिए। ती सामानहरुमा विमानस्थल भन्सारबाटै जाँच पास भएको र तिनबाट सुन झिकिएको अवस्थामा फेला परेका थिए ।
फ्याक्ट्रीमा कम्प्युटरको सीपीयू, पानी तान्ने मोटर, ग्याँसको रेगुलेटर, स्पिकर, मिक्सचर, हिटर, मःम बनाउने मेसिनदेखि विद्युतीय भोल्टेज व्यवस्थापनमा काम गर्ने स्टेबलाइजरसम्मका सामानहरु भेटिएको विभागका अधिकारीहरु बताउँछन् । अहिले ती सामानहरुको मुचुल्का गर्ने कार्य भइरहेका छ ।
‘बाहिरबाट हेर्दा ती सामान चुस्त दुरुस्त देखिन्छन् । तर, कभरभित्रका यन्त्र उपकरण भने निकालिएको छ । अर्थात, सबै सामान खोक्रा छन्,’ मुचुल्कामा सहभागी एक अधिकारीले भने । यसको विस्तृत विवण आउन भने केही समय लाग्छ ।
प्रतिक्रिया 4