+
+

सागर शमशेर राणाको पुस्तक ‘किङ्डम लस्ट’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १८:१४

१९ साउन, काठमाडौं । सागर शमशेर जंगबहादुर राणाको पुस्तक ‘किङ्डम लस्ट’को बिहीबार लोकार्पण गरिएको छ ।

नेपालमा प्रजातन्त्रका लागि सन् १९५१ देखि २००८ सम्म भएका राजनीतिक घटनाहरू समेटिएको पुस्तक राणाको दोस्रो कृति हो ।

यसअघि नेपालमा राणा शासनको सुरुआतदेखि अन्त्यसम्मको घटना समेटिएको पुस्तक ‘सिंहदरबार’ उनको पहिलो कृतिका रूपमा प्रकाशित भइसकेको थियो ।

एनको नयाँ पुस्तक ‘किङ्डम लस्ट’मा राणा शासक र कांग्रेसले बनाएको संयुक्त सरकारदेखि लोकतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन कालको अन्तिसम्मका विभिन्न घटनाहरूलाई समेटिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक राणाले किताब लेखनका क्रममा करिब एकसयभन्दा बढी राजनीतिज्ञ र अन्य व्यक्तिहरूसँग कुराकानी गरेको जानकारी गराए ।

सन् २००७ देखि स्वर्गीय सत्य मोहन जोशीसँग समेत कुराकानी गरेर पुस्तक लेखिएको उनको भनाइ थियो ।

उनले आफूलाई राणा शासनबारे केही जानकारी भएपनि पुस्तकका लागि गरिएको अन्तर्वाताको क्रममा थुप्रै जानकारी पाएको उल्लेख गरे ।

यस विषयमा आफूलाई पढ्ने मन हुँदा पनि सामग्री नपाएपछि आफैँले पुस्तक लेखेको भन्दै टोनी मोरिसनको भनाइलाई उद्धृत गरे, ‘यदि तिमीलाई त्यस्तो पुस्तक पढ्न मन छ र त्यो अहिलेसम्म कसैले पनि लेखेको छैन भने तिमी आफूले लेख्नैपर्छ ।’

यस्तै पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसभामुख दमननाथ ढुंगानाले राणाको पुस्तक अन्त्यन्तै ऐतिहासिक रहेको भन्दै गणतन्त्रको विषयमा तेस्रो पुस्तक लेख्न आग्रह गरे ।

उनले ‘पुस्तकमा सन् २००७ सालमा मोहन शम्शेर राणाको सरकारदेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सानदारबाट भएको बिदाइसम्म का विषयहरू छन्,’ उनले भने, ‘पुस्तकमा उल्लेख गरिएको नेपालको राजनीतिक इतिहास पढेर लाभ लिनुपर्छ ।’

सांसद रघुजी पन्तले नेपालको राजनीतिक इतिहास जान्न खोज्नेले राणाको दुवै पुस्तक पढ्नुपर्ने सुझाव दिए । उनले नयाँ पुस्तक ‘किङ्डम लस्ट’मा ०४६ सालको पहिलो जनआन्दोलनलाई लेखकले अझ बढी स्थान दिएको भए राम्रो हुने सुझाव दिए ।

साथै, कांग्रेसको मात्र नभएर कम्युनिस्टको विषय पनि ल्याउन सके राम्रो हुने बताए ।

अर्का टिप्पणीकर्ता बेलायती इतिहासकार जोन फ्रान्सिस वेलप्टनले लेखक राणाको पुस्तक तथ्यांकसहित भएकाले इतिहासको एउटा पाटो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?