+

महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा रोशनकुमार सिंह निर्विरोध

२०८० साउन  १९ गते १८:३८ २०८० साउन १९ गते १८:३८
महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा रोशनकुमार सिंह निर्विरोध

१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

क्रिकेट संघको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा पनि पदाधिकारी छनोटको चटारो बढेको छ । त्यही क्रममा महोत्तरी जिल्ला क्रिकेट संघको अधिवेशन भएको हो ।

रोशनले क्यानको अध्यक्षमा उठ्ने तयारी गरिरहेको बताएका छन् ।

नेपाल क्रिकेट संघको कार्यसमिति चयनका लागि असोजमा चुनाव गर्ने तयारी छ ।

नेपाल क्रिकेट संघ रोशनकुमार सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय