+
+

सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न सक्दैनः एमाले सांसद श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १९:०३

१९ साउन, काठमाडौं। नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो । अहिले उच्चस्तरीय आयोग गठन गर्नु भनेर हामी माग गरिरहेका छौँ । किन गरिरहेका छौँ त्यसको कारण छ नि । एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ ? गृहमन्त्रीलाई सीआईबीले झिकाउन सक्छ ?

उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

‘राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ । क्विन्टलका क्विन्टल सुन आएको छ । रेकर्डले बताइरहेको छ । रेकर्ड छ । प्रमाण छ । ३२ चोटी आएकोमा २२ चोटी भनेको छ । यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ ।’ उनले भने ।

सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको उनले बताए । उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

उनले भने, ‘ हङकङ, चाइना लगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदैछ । त्यसकारणले यस विषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिइरहेको छ ।’

उनले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए । ‘सीआइबीले समाधान दिँदैन । त्यो सम्भव नै छैन । त्यसकारणले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?