+
+

सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १९:०८

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै उनले सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए ।

‘यसमा संगठित अपराध पनि जोडियो । सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो । अन्तरदेशीय अपराध पनि यहाँ देखियो । मिलेमतो, संरक्षण जस्ता कयौँ कसूरहरु यसमा देखिए,’ सभापति लामिछानेले भने, ‘अनुसन्धान कसले गर्ने ? के कारणले यत्रो दिनसम्म रोकियो ? यो गम्भिर विषय भयो ।’

उनले यो प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘म अनुरोध गर्न चाहाछु, छानबिन अगाडी बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्‍यो । जाँचबुझ आयोगको आवश्यकता छ, छैन । छलफलका लागि साथीहरुलाई आग्रह गर्न चाहन्छु । आवश्यकता छ जस्तो मलाई लाग्छ ।’

भेपमा सुन तस्करी भएको घटनामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए ।

‘अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ । सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन । यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ’, उनले भने ।

सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्‍बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?