+

म्यानचेष्टर सिटी आए भार्डिओल

२०८० साउन  २० गते १६:२९ २०८० साउन २० गते १६:२९
म्यानचेष्टर सिटी आए भार्डिओल

२० साउन, काठमाडौं । आरबी लाइपजिगका क्रोएसियन सेन्टर ब्याक यस्को भार्डिओल म्यानचेष्टर सिटीमा अनुबन्ध भएका छन् ।

गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी ट्रिबेल जितेको सिटीले भार्डिओललाई ९० मिलियन युरो (७७ मिलियन पाउण्ड) मा भित्र्याएको हो ।

सिटीसँग ५ वर्षे सम्झौता गरेका उनी ह्यारी मग्वायर पछिकै महंगा डिफेण्डर हुन् । मग्वायर सन् २०१९ मा लेस्टर सिटीबाट ८० मिलियन पाउण्डमा म्यानचेष्टर युनाइटेड गएका थिए ।

२१ वर्षका भार्डिओल २०२१ मा डिनामो जाग्रेकबाट जर्मन क्लब आरबी लाइपजिग पुगेका थिए । दुई सिजन लयमा देखिएका उनले क्लबलाई जर्मन कपको उपाधि दिलाउन भूमिका खेलेका थिए ।

‘एक दिन इंग्ल्याण्डमा खेल्ने मेरो सपना थियो । सिटीमा आवद्ध हुन पाउनु म र मेरो परिवारका लागि विशेष छ’, ट्रिबेल जितेको क्लबमा आवद्ध हुन पाउनु आफ्ना लागि सम्मान भएको भार्डिओलले बताएका छन् ।

उनले सिटीका स्ट्राइकर एर्लिङ हल्याण्डको सामना गर्नुभन्दा उनीसँग खेल्नु सुखद भएको बताए । ‘भाग्यवश म उनको पक्षमा छु र अब मैले उनलाई धेरै ध्यान दिनु पर्दैन’, उनले भने ।

च्याम्पियन्स लिगमा गत सिजन सिटी र लाइपजिग अन्तिम १६ मा भिडेका थिए । इत्तेहादमा ७–० को जित निकालेको सिटी समग्रमा ८–१ ले विजयी भएको थियो ।

क्रोएसियाका लागि २१ खेल खेलेका भार्डिओल भन्छन्, ‘गत सिजन हरेकले सिटीलाई छल्न चाहेका थिए ।’

भार्डिओल म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय