
स्वर्गमा झुट बोल्न पाइन्छ ?
छलकपट गर्न पाइन्छ ?
चोरी गर्न पाइन्छ ?
ठगी गर्न पाइन्छ ?
लुट गर्न पाइन्छ ?
भ्रष्टाचार गर्न पाइन्छ ?
कालो बजारी गर्न पाइन्छ ?
तस्करी गर्न पाइन्छ ?
सुन ओसार्न पाइन्छ ?
मलाई उत्तर चाहियो
पाइन्छ भने ठीक छ
पाईंदैन भने
तपाईंको स्वर्ग तपाईंलाई नै भो
मलाई चाहिंदैन !
८ जुलाई २०२३
फल्स चर्च, भर्जिनिया ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4