+
+

कोशी अध्यक्षले भने : प्रदेश समिति खारेज गरिदिए हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते १९:३२

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् ।

प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि केन्द्रले कार्यान्वयन नगरेकाले प्रदेश संरचनाको ओैचित्य पुष्टि हुन नसकेको नेम्वाङले बताए । ‘ मन्त्रिमण्डल गठन , विघठन, प्रदेश सरकार निर्माण लगायत बिषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम ?’ उनले प्रश्न गरे ।

नेम्वाङले अगाडि भने, ‘प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?