+

म्यानचेष्टर युनाइटेडले भित्र्यायो होइलुन

२०८० साउन  २० गते २०:४३ २०८० साउन २० गते २०:४३
म्यानचेष्टर युनाइटेडले भित्र्यायो होइलुन

२० साउन, काठमाडौं । डेनमार्कका स्ट्राइकर रासमस होइलुन म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका छन् । २० वर्षका होइलुनलाई युनाइटेडले ७२ मिलियन पाउण्डमा इटालियन क्लब एटलान्टाबाट भित्र्याएको हो ।

गत सिजनमा मात्र एटलान्टामा आवद्ध भएका उनले ३४ खेलमा १० गोल गरेका थिए । ‘म सानो केटा हुँदा नै यो क्लबको फ्यान थिएँ भन्ने नयाँ कुरा होइन’, उनले भने, ‘ओल्ड ट्राफर्डमा म्यानचेष्टर युनाइटेडको खेलाडीका रुपमा हिँड्ने मेरो सपना हो ।’

होइलुनले ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले सुरुका खेल भने गुमाउनेछन् । एटलान्टामा अभ्यासका क्रममा लागेको चोटका कारण उनी सोमबार वेल्सविरुद्ध खेल्ने छैनन् ।

आफू करियरको सुरुवाती चरणमै भए पनि विश्वस्तरका खेलाडीहरुसँग खेल्न तयार रहेको उनले बताए । ‘म आफ्नो सपनालाई वास्तविकतामा बदल्न उत्साहित छु’ १७ वर्षको उमेरमा डेनिस लिगमा डेब्यू गरेका होइलुनले भने, ‘क्लबले मलाई जुन विश्वास गरेको छ, त्यसलाई पूरा गर्न प्रतिवद्ध छु ।’

फुटबल म्यानचेष्टर युनाइटेड रासमस होइलुन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय