२० साउन, काठमाडौं । डेनमार्कका स्ट्राइकर रासमस होइलुन म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका छन् । २० वर्षका होइलुनलाई युनाइटेडले ७२ मिलियन पाउण्डमा इटालियन क्लब एटलान्टाबाट भित्र्याएको हो ।
गत सिजनमा मात्र एटलान्टामा आवद्ध भएका उनले ३४ खेलमा १० गोल गरेका थिए । ‘म सानो केटा हुँदा नै यो क्लबको फ्यान थिएँ भन्ने नयाँ कुरा होइन’, उनले भने, ‘ओल्ड ट्राफर्डमा म्यानचेष्टर युनाइटेडको खेलाडीका रुपमा हिँड्ने मेरो सपना हो ।’
होइलुनले ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले सुरुका खेल भने गुमाउनेछन् । एटलान्टामा अभ्यासका क्रममा लागेको चोटका कारण उनी सोमबार वेल्सविरुद्ध खेल्ने छैनन् ।
आफू करियरको सुरुवाती चरणमै भए पनि विश्वस्तरका खेलाडीहरुसँग खेल्न तयार रहेको उनले बताए । ‘म आफ्नो सपनालाई वास्तविकतामा बदल्न उत्साहित छु’ १७ वर्षको उमेरमा डेनिस लिगमा डेब्यू गरेका होइलुनले भने, ‘क्लबले मलाई जुन विश्वास गरेको छ, त्यसलाई पूरा गर्न प्रतिवद्ध छु ।’
प्रतिक्रिया 4