+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १२:२१

२१ साउन, काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?