+
+

बोल्न बाँकी केन्द्रीय सदस्यलाई प्रचण्डले भने, ‘लिखित टिपाउनुस्, हल बुकिङ आजसम्म मात्रै छ’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १२:४८

२१ साउन, काठमाडौं । पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् ।

केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’

नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।

‘संसद बैठक पनि हाम्रै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि,’ प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौं ।’

केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?