
२१ साउन, काठमाडौं । बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेञ्चर गतिविधि सञ्चालन गरेको ‘द क्लिफ’ले नयाँ एड्भेञचर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । गाइडको मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ ।
पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेञ्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।
द क्लिफको ब्रीज प्रवेश शुल्क ५ सय तिरेपछी सोही टिकट देखाएर पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ । आफ्नो सवारी साधनमा जाँदा डेढ घण्टामा पुगिन्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान अन्नपुर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटर पश्चिम यात्रा गर्नुपर्छ ।
प्रतिक्रिया 4