
काठमाडौं । पछिल्लो साता पनि नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । शुक्रबार रिलिज भएको क्राइम–थ्रिलर ‘अदृश्य’ले न्यून कमाइ गरेको छ । विदेशी फिल्महरु बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले हलमा दबदबा कायम राखेका छन् ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार करण जोहर निर्देशित ‘रकी और रानीकी प्रेम कहानी’ले पछिल्लो शनिबारसम्म एक करोड ६३ लाख रुपैयाँ नेट कमाइ गरेको छ ।
परमाणु बमका पिता भनिने जे रोबर्ट ओपेनहाइमरको बायोपिक फिल्म ‘ओपेनहाइमर’ले शनिबारसम्म एक करोड ५७ लाख नेट कलेक्सन गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा रुचाइएको फिल्म ‘बार्बी’ले ७४ लाख ९० हजार नेट कमाइ गरेको छ ।
नेपाली फिल्मले दर्शकलाई पछिल्लो समय हलसम्म तान्न नसकिरहेको बेला विदेशी फिल्मले दर्शक तानिरहेका छन् । भदौदेखि भने नेपाली फिल्मको कमाइ लयमा फर्किने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4