
काठमाडौं । हिमालय रोडिजको पाँचौं सिजन प्रसारण गत सातादेखि सुरु भएको छ । पहिलो एपिसोडमा काठमाडौं अडिसन प्रसारण भएको थियो । केही चर्चित प्रतिस्पर्धी पहिलो एपिसोडबाट आगामी चरणमा छनोट भइसकेका छन् ।
भोलि सोमबार पोखरा अडिसन प्रसारण हुँदैछ । तालनगरीले यसअघि रोडिजको तेस्रो सिजन जितेको थियो । आशिष राना लाउरेको ग्याङबाट सुजन सुवेदी विजयी भएका थिए । पाँचौं सिजनमा पनि लाउरे जितको इतिहास दोहोर्याउन चाहन्छन् ।
अब प्रश्न उठ्छ, के रोडिजको पाँचौं सिजन जित्न पोखरा तयार छ ?
नयाँ सिजनको दोस्रो एपिसोडको सार्वजनिक ट्रेलरमा पोखरा अडिसन निकै रोचक देखिएको छ । टास्कदेखि अन्य कुराको प्रतिस्पर्धामा पनि भोलिको अडिसन एपिसोड मनोरञ्जक देखिएको छ । ग्रीन ग्याङका लिडर लाउरे नयाँ सिजन जितेर पोखराले वैभवता फर्काउन खोजेको बताउँछन् ।
पोखरापछि रोडिजको पाँच सिजनसम्म क्रमशः नेपालगञ्ज, हेटौंडा र इटहरी अडिसन प्रसारण हुनेछन् । अडिसन राउण्डपछि सुरु हुने कलिङ राउण्डबाट अन्तिम १६ प्रतिस्पर्धी छनोट हुनेछन् । त्यसपछि जर्नी राउण्ड सुरु हुनेछ । एपिसोड १८ मा फिनाले गर्ने तय छ ।
एपिसोड २ मा स्पोर्ट्स गेमिङको क्षेत्रमा चर्चित नेपाली क्लब डीआरएस गेमिङ सहभागी हुँदैछ । यो क्लबका खेलाडीले पनि पोखरा अडिसनमा भाग लिएर मनोरञ्जन दिंदैछन् । युवापुस्तामाझ चर्चित भएकाले पनि क्लवका खेलाडीलाई रोडिजनमा सहभागी बनाउन लागिएको निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।
प्रतिक्रिया 4