
२१ साउन, काठमाडौं । माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्चार्जहरूको जिम्मेवारी हेरफेरको प्रस्ताव गरेका हुन् ।
जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् ।
सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल, उपत्यकामा वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्जमा पम्फा भुसाल तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4