
२१ साउन, काठमाडौं । भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
पहिरोमा परेर ११ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा अधिकांश जुम्लास्थित पातारासीका स्थानीय छन् ।
वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र स्वदेश फिर्ता ल्याउन पहल गर्न कांग्रेसले आइतबार विज्ञप्ति निकालेर सरकारसँग माग गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई फोन गरेर हराइरहेका नेपालीको खोजीका लागि आग्रह गरेका थिए । बिहीबार राति गएको पहिरोबाट कम्तिमा १९ जना हराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4