
२१ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकार समक्ष आग्रह गरेको छ ।
उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले यस्तो माग गरेको हो ।
विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ ।
कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको र निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4