२१ साउन, काठमाडौं । पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५-४ ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको छ ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।
१२० मिनेटको खेलमा पूरै समय स्वीडेनमाथि दबाब बनाए पनि गोल गर्नबाट चुक्दा अमेरिका पराजित भयो ।
स्वीडेनको लिना हर्टिङले निर्णायक प्रहार अमेरिकी गोल रक्षक अल्यास्स नहेरले रोकेको पनि थिइन् । तर भिडियोमा उनले रोक्नुअघि नै बलले गोल लाइन छोएको देखिएपछि भीएआरमार्फत त्यो बललाई गोल दिइएको थियो ।
विजेता स्वीडेनले क्वार्टर फाइनलमा अब जापानसँग खेल्ने छ ।
प्रतिक्रिया 4