+
+

आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुर र रत्ननगरका सबै शिक्षण संस्था बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १८:०९
फाइल तस्वीर

२१, साउन, चितवन। जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको सूचनामा जनाईएको छ ।

महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ । यस्तैं, रत्ननगर नगरपालिकाले सबै विद्यालयहरुलाई साउन २२ देखि २४ गतेसम्म  बन्द गर्न सूचना जारी गरेको छ ।

नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले आज एक सूचना जारी गरी सबै संस्थागत विद्यालयहरुमा ३ दिन विद्यालय बन्द भनेका छन् ।

साथैं पालिकाले विद्यालयहरुलाई बन्दको सूचना जारी गर्नु अघि सचेतना सम्वन्धी कार्यक्रम गर्न पनि भनेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले यसअघि नै साउन २१ र २२ गते विद्यालय बन्द गर्ने सूचना जारी गरिसकेको छ ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?