
२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो ।
विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय बन्द गरिएको गाउँपालिकाका शिक्षा अधिकृत श्यामबहादुर बिक जानकारी दिए ।
दाङमा पछिल्लो केही समय यता आँखा पाक्ने संक्रमण बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4