+
+

पुराना मुद्दा फर्छ्यौटमा प्राथमिकता दिन्छु : कामू प्रधानन्यायाधीश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते २१:०५

२१ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकता दिने बताएका छन् ।

आइतबारदेखि कामू प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनवारे सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका हुन् ।

उनले न्यायालयको सेवा थप प्रभावकारी बनाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । न्यायाधीशहरु र कर्मचारीको मनोवल बढाउन आफू प्रयत्नशील रहेको भन्दै उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला अदालतका न्यायाधीशहरुसँग छलफल गर्ने बताए ।

उनले न्यायपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन र सेवाग्राही सहजताका साथ सेवा दिन पनि निर्देशन दिए । सर्वोच्च अदालतका मुख्यरजिष्ट्राय लालबहादुर कुँवरले उनलाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?