
काठमाडौं । प्रसुन संग्रौलाले नयाँ गीत ‘ए हावा’ सार्वजनिक गरेका छन् । सञ्चारकर्मीसमेत रहेका प्रसुनले आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । उनले गाएको यो दोस्रो गीत हो ।
गीतमा प्रसुनकै शब्द र संगीत छ । गीतलाई उज्ज्वल सागरले एरेन्ज गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रिदम कँडेलले गरेका छन् । गीतको लिरिकल भिडियोमा शाश्वत पन्तको ग्राफिक्स र गणेश भट्टराईको सम्पादन छ ।
प्रसुनको पहिलो गीत तिम्रो लागि पाँच वर्षअघि रिलिज भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4