
अन्तरिक्षको व्यवसायिक उडानको सुरुवातका लागि भरेको चिठ्ठा परेपछि क्यारेबियन देश एन्टिगुवाका आमाछोरीले सँगै यात्रा गर्न पाउने भएका छन् ।
१८ वर्षकी एनास्लिया मयेर र उनकी आमा केइसा स्कहफसँगै अन्तरिक्ष जान पाउने भएका हुन् । आफ्नो छोरीको भिसा थपका लागि केइसा छोरीसँगै एन्टिगुवाबाट लण्डनमा उडान गरिरहेकी थिइन् । त्यसैक्रममा फ्लाइटको स्क्रिनमा एउटा विज्ञापन देखिएको थियो । त्यहीँबाट थाहा पाएर उनले चिठ्ठा भरेकी थिइन् । ‘चिठ्ठा भरेको एक महिनापछि २० जनाभित्र परेको र त्यसबाट पाँच जना छनौट हुने कुरा जानकारी आयो । अन्तिममा मेरो नम्बर पनि छनौट भएको सूचना पाएँ,’ उनले भनिन् ।
स्कटल्याण्डको अर्बेडन विश्वविद्यालयमा आवेदनका लागि छोरी एनास्लियाले प्रक्रिया चालेकी थिइन् । उत्साहित उनी भन्छिन्, ‘मैले अर्बेडन विश्वविद्यालय छनोट नगरेको र यसका लागि भिसा थप्ने प्रक्रिया अघि नबढाएको भए यो यात्रा सायदै सम्भव हुने थियो ।’ दर्शन तथा भौतिक शास्त्रकी विद्यार्थी उनले अगाडि भनिन्, ‘यो निर्णयले निकै रोचक यात्रामा सहभागी हुने भाग्यशाली अवसर पाएँ।’
उनीहरु विहीबार मेक्सिकोबाट अन्तरिक्षका लागि उडान भर्नेछन् । पैसा तिरेर जानुपरेमा ४ लाख ५० हजार डलर सम्म खर्च हुन्थ्यो । पैसा तिरेर अन्तरिक्ष घुमाउने जेलाटिक वान मिसन जुनदेखि सुरुवात भएको थियो । त्यसबखत यो यान २ लाख ७९ हजार फिटमाथि पुगेको थियो । यो दोस्रो मिसनले पनि यही उचाइमा उडान भर्ने बताइएको छ ।
यो भाग्यशाली अवसर पाएकोमा केइसमा भन्छिन्, ‘छोरीका लागि पितृसत्तामक समाजले बनाएको घेरा यो यात्राले तोड्नेछ र हाम्रा लागि सपनाझैँ एक उडान साकार हुनेछ ।’
उनीहरुसँगै न्युक्यासल्सका ओलम्पियन जोन गुडविन पनि सामेल हुनेछन् । उनी अन्तरिक्षमा पुग्ने पहिलो पार्किन्सन रोगी र ओलम्पियन बन्नेछन् ।
प्रतिक्रिया 4