
काठमाडौं । आगामी भदौ ८ गते रिलिजको तयारीमा रहेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फङ्क्सन सेन्टरमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मका शीर्ष कलाकार केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको त्रिकणात्मक प्रेमकथालाई चित्रण गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य अभिनेता सलोन बस्नेतसहित आमेश भण्डारी, सुशान्त कार्की लगायतको उपस्थिति थियो । निर्मातादवय सुरज ल्वागुन र राज के अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रमसमेत गरिएको बताए ।
टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी अधिकारी र सलोन बस्नेतका साथै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।
फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।
प्रतिक्रिया 4