+
+

बीमा सचेतनाका लागि नेशनल लाइफको साइकल र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १८:४०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धनका लागि साइकल र्‍याली आयोजना गरेको छ ।

पोखराको बाराहीघाटबाट सुरु भएको र्‍याली हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा पुगेर समापन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन हुने विश्वास लिएको छ ।

र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत १०० जनाको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?