
२२ साउन, सुर्खेत । कालिकोटमा एक वृद्धाको शव भेटिएको छ ।
खाँडाचक्र नगरपालिका –२, निवासी ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा फेला परेको हो ।
सोमबार दिउँसो जैशीको शव गोरेटो बाटोदेखि करिव दुई सय मिटर तल भीरमा अड्कीएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जैशी लडेको हुनसक्ने अनुमान प्रहरीको छ । उनी आफनी माइली छोरी र ज्वाइँसँगै बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4