
२३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै छ । आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ ।
समिति उपसचिव विमला घिमिरेले आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने बताइन् ।
साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4