+

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा अरहन्त, दिपक र अमिर सेमिफाइनलमा

२०८० साउन  २३ गते १३:४१ २०८० साउन २३ गते १३:४१
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा अरहन्त, दिपक र अमिर सेमिफाइनलमा

२३ साउन, काठमाडौं । उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हासँगै, दिपक थापा र अमिर ब्लोन पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

साविक विजेता अरहन्तले क्वाटफाइनलमा निशान्त अग्रवाललाई ११–४, ११–४, ११–४ ले सजिलै हराए ।

दीपकले दिव्यराज वज्राचार्यलाई ११–९, ९–११, ११–९, ११–० ले तथा अमिरले रेसुब वाललाई ९–११, ११–४, ११–७, ११–६ ले पराजित गरे ।

राजेन्द्र शाक्य र उमित शाक्यबीचको अन्तिम क्वाटरफाइनल खेल बुधबार हुनेछ ।

मास्टर्स (प्लस ५०) मा प्रज्वल प्रकास प्रधानले दिलिप नरसिंह अधिकारीलाई ११–४, ११–३, ११–७ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

अन्य क्वाटरफाइनल खेलमा सुदीपबहादुर सिंहले मनोजबहादुर श्रेष्ठलाई ११–५, ११–६, ११–२ ले, प्रवीणवीर सिंह कंसाकारले किशोर महर्जनलाई ११–६, ११–७, ११–२ ले तथा धीर पुनले प्रमोद श्रेष्ठलाई ११–७, ११–२, १०–१२ र ११–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

नेपाल स्क्वास एण्ड र्‍याकेट संघ (एनएसआरए)को आयोजनामा भइरहेको प्रतियोगिता साउन २७ गते सकिनेछ ।

घरेलु स्क्वासको सबभन्दा ठूलो मानिएको यस प्रतियोगिता संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।

अरहन्त केशर धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय