
२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्ष (आव) २०७९/८० मा खर्च प्रतिशत कमजोर देखिएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षमा ३५ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको हो ।
मन्त्रालय र अन्तर्गतका निकाय र कार्यक्रमका लागि कायम वार्षिक बजेट ९ अर्ब १६ करोड ६ लाख मध्ये जम्मा ३ अर्ब २३ करोड ९९ लाख खर्च भएको हो ।
जसमध्ये चालु खर्चतर्फ ८ अर्ब ४२ करोड ६७ लाख रहेकोमा २ अर्ब ५४ करोड ४७ लाख अर्थात् ३० दशमलव २० प्रतिशत मात्रै खर्च भएको छ ।
पूँजीगत खर्च तर्फ भने ७३ करोड ३९ लाख रहेकोमा जम्मा खर्च ६९ करोड ५२ लाख अर्थात ९४ दशमलव ७३ प्रतिशत खर्च भएको हो ।
स्थानीय तहमा ५ नमुना कानुन निर्माण
निजामती सेवा ऐनको मस्यौदा तयार पार्नुलाई मन्त्रालयले गत आर्थिक वर्षको उपलब्धि मानेकाे छ ।
फोहोरमैला व्यवस्थापन ऐन मस्यौदा निर्माण, स्थानीय तहका लागि थप ५ वटा नमुना कानुन तयारी, निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक मन्तिपरिषद्मा पेश गर्नुलाई पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धि मानेको छ ।
प्रतिक्रिया 4