
२३ साउन, सल्यान । सल्यानमा आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलबार घरबाटै पक्राउ गरेको हो ।
उनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा ४८ वर्षीया आमा शारदा भण्डारीको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4