
२३ साउन, भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका ४ स्थित राम मन्दिरमा फसेका चार जनालाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ ।
मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल (महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
गएराति परेको वर्षाका कारण हनुमन्ते खोला छेउँमा रहेको राम मन्दिर डबानमा परेपछि उनीहरु समस्यामा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4