+
+

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकले गरे आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १५:११

२३ साउन, काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरूले बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् ।

बिहीबार प्रस्तावित विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका उनीहरूले शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ-आफ्ना संगठनमा समीक्षा बैठक गर्ने भएका छन् ।

१ भदौमा अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिकस्थलमा पार्किङ गर्ने घोषणा उनीहरूले गरेका छन् ।

विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको उनीहरूले बताएका छन् ।

विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्देश्यबाट अभिप्रेरित भएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?