+
+

धनुषामा बसही खोलाले बगाउँदा किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १६:१५

२३ साउन, जनकपुरधाम । धनुषामा बसही खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–२ आनन्दपुरका १७ वर्षीय अजय यादवको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।

स्थानीयबासिन्दा र सुरक्षाकर्मीले सिकिस्त अवस्थामा उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा लगेको भए पनि उपचारको क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?