
२३ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छिन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल-इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4