२३ साउन, काठमाडौं । युजेनी ले सोमरको दुई गोलको मद्दतमा फ्रान्सले मोरक्कोलाई हराउँदै महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
फ्रान्ससँग ४-१ को हारसँगै अफ्रिकी टोलीको सपना टुट्यो ।
एडिलेडमा भएको खेलको पहिलो हाफमा काडिडियाटोउ डियानी, केन्जा डाली र ले सोमरले गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाएका थिए ।
७०औं मिनेटमा ले सोमरले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ४-० ले विजयी भयो ।
विजयी फ्रान्सले शनिबार ब्रिसबेनमा घरेलु टोली अस्ट्रेलियासँग खेल्ने छ ।
प्रतिक्रिया 4