२३ साउन, काठमाडौं । भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्र एफसी एएफसी कप प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ ।
दोस्रो चरणमा मछिन्द्रले मोहन बगानसँग १६ अगस्ट कोलकतामा खेल्ने छ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।
पारो एफसीलाई हराउन मछिन्द्र एफसीका लागि विमल घर्ती मगर, आयुष घलान र ओलावाले आफिजले गोल गरेका थिए ।
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र दोस्रो भएको थियो । तर चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले पारो एफसीसँग खेल्ने अवसर पाएको हो ।
मछिन्द्र र पारोबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :
प्रतिक्रिया 4