
२४ साउन, काठमाडौं । गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा)ले चासो प्रकट गरेको छ ।
यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा भेट्दैछन् । नेताहरुका अनुसार केहीबेरमा कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय भएको छ ।
जसपाका नेता मनिष सुमनका अनुसार नेताहरुको नियमित भेटघाट छ । कुनै औपचारिक बैठक भने राखिएको छैन ।
बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।
अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4