+
+

नेशनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:४३

काटमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । १८-२१ साउनसम्म पोखरामा सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘सिफ्टिङ द पाराडाइम–२०८०/८१’ रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए ।

आर्थिक वर्ष (आव) २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

यस्तै मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण दिएका थिए ।

आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्‍याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सम्मेलनमा विचार विमर्श भएको थियो ।

सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

आव २०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?